बिद्यालयमा तालाबन्द गरि आन्दोलनमा उत्रिए शिक्षक

 कोरखबर   २४ भदौ, २०७७



डडेल्धुरा :  शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुरामा तालाबन्दी गरेका छन्। शुन्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकले बुधबार शिक्षा विकास तथा इकाइ डडेल्धुरा र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए।

एकै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफूहरूको तलबको कुनै टुंगो नलागेकोले दुई बुँदे माग राखी आन्दोलन गर्न बाध्य भएको जनाए। यसअघि आफूहरूले शिक्षा इकाइ मार्फत शिक्षा मन्त्रीलाई समेत उक्त विषयमा ज्ञापनपत्र पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको सघंर्षरत शिक्षकको भनाइ छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post