अफगानिस्तान । अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहमाथि बम हमला गरिएको छ । उक्त हमलाबाट उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।
विस्फोटमा परी १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।
‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उनी पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो,’ उनले सामाजिक संजालमा भनेका छन ।
सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । गत वर्ष राष्ट्रपतीय निर्वाचनअघि उनको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए ।