२४ भदौ,सोलुखुम्बु- सोलुखुम्बुमा पनि कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राख्न थालिएको छ ।
यसअघि सङ्क्रमण पुष्टि भएपछि अन्यत्र पठाउने गरेकोमा अब लक्षण नदेखिएका सङ्क्रमितलाई जिल्लाकै आइसोलेशनमा राखेर हेरचाह तथा सामान्य उपचार गर्न थालिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
हिजो सङ्क्रमण पुष्टि भएकी एक युवतीलाई फाप्लुमै राखिएको छ । सोलुखुम्बुमा अहिलेसम्म तीन सय ६९ जनाको स्वाब सङ्कलन गरेकोमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।