पारासीमा एकै दिन ४० जना कोरोनाको सिकार

 कोरखबर   २४ भदौ, २०७७



परासी : पश्चिम नवलपरासीमा एकै दिन ४० जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरब ढकालले जानकारी दिए।

त्यस्तै सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका ७ जना प्रहरी समेत सन्क्रमित रहेका छन्। नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको नगर प्रमुख भीमबहादुर थापाले बताए।

अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post