महोत्तरीमा ८ दिन लम्बियो निषेधाज्ञा

 कोरखबर   २३ भदौ, २०७७



महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा थपेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै ८ दिन निषेधाज्ञा थपिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

कोरोना संक्रमण थप फैलिन नदिन भन्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मंगलबार राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागु हुनेगरि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

अहिलेसम्म १४ सय २९ मानिस मा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ५८ कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म महोत्तरीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post