२३ भदौ,रामेछाप। रामेछापमा गाउँपालिका अध्यक्षसहित ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । संक्रमित गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा बिगत एक महिना देखि प्रहरी हिरासतमा रहेका छन् ।
अध्यक्ष खड्कासंगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत दुई प्रहरी र एकजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको बताइएको छ । त्यस्तै एक मन्थली नगरपालिका वडा नम्बर २ टेकनपुरकी महिला रहेका छन् ।