कोरोना संक्रमितको उपचार अब निशुल्क

 कोरखबर   २३ भदौ, २०७७



चितवन। चितवनको भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि छ्नौत गरेको  छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मा  लगाइएको छ । उनले भने, “तोकिएका अस्पतालहरुमा गरिएको कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ ।”

सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमितको एक दिनको प्रति व्यक्ति तीन हजार ५ सय  पूर्ण लक्षण देखिएका बिरामीको रु ७ हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको रु १ हजार ५ सय  सरकारले सम्बन्धित अस्पताललाई दिने उनले जानकारी दिए ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post