थप ३० सहित चितवनमा १ हजार ५ सय कोरोना संक्रमीत

 कोरखबर   २२ भदौ, २०७७



चितवन । चितवनमा कोरोना सङ्क्रमितको संख्या १ हजार ५ पुगेको छ । आइतबार राती गरिएको  परीक्षणमा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका ८, तनहुँका २ र नवलपुरका १ जना रहेका छन् ।

हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको संख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् ।

इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको संख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य सङ्क्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् ।

कोरोनाबात सङ्क्रमित हुनेमा महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक सङ्क्रमण देखिएको थियो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post