२२ भाद्र, एजेन्सी । अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ ।
युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो ।
यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो। यसैगरी अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसको दाबी छ ।
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सलेसमेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ।
हाल यो संख्या प्रतिदिन औषत ८ सय ५० छ। संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ।