अरमेरिका पछि भारतमा सबैभन्दा बढि कोरोना संक्रमित !

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौँ, २२ भदौ । भारतमा पछिल्लो समय दिनानुदिन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको छ । डरलाग्दोगरी उक्लिरहेको यो ग्राफ हेर्दा विश्वकै महामारी केन्द्र अब भारत बनेको हो कि भन्ने भान हुन्छ । यद्यपि अहिलेसम्म सबैभन्दा बढी संक्रमित रहेको देश अमेरिका छ, भारत दोस्रो स्थानमा पुगेको छ । तर दैनिक संक्रमणका केस नियाल्दा भने भारत पहिलो स्थानमा छ ।

भारतमा आइतबार एकैदिन हालसम्मकै बढी ९१ हजार ७२३ संक्रमित फेला परेको विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६०० संक्रमित फेला परेका थिए । लगातार बढिरहेको यो दैनिक संक्रमित संख्या भारतभर मात्र नभएर विश्वमै अहिलेसम्मकै सर्वाधिक संख्या हो ।

तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । आइतबार नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेको लहरमा दोस्रो स्थानमा उक्लिएको हो । हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ ।

ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र ब्राजिलमा आइतबार दैनिक संक्रमितको संख्या क्रमशः ३१ हजार ११० र १४ हजार ६०६ रहेको छ ।

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण आइतबार १ हजार ८ जनाको मृत्यु भएको छ । शनिबार पनि १ हजार ४४ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने कुल संख्या ७१ हजार ६८७ पुगेको छ ।

 

भारतमा निको हुनेको दर पनि उत्तिकै बढिरहेको छ । आइतबार एक दिनमा त्यहाँ ६९ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् ।  शनिबार पनि एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ८३ हजारभन्दा बढीमा भाइरस सक्रिय छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन् । राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । भारत सरकारले अर्थतन्त्र जोगाउन भनी व्यापार र यातायात पुनस् खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको हो । लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन् । सङ्क्रमण अहिले सहरबाट विस्तारै साना नगर हुँदै ग्रामीण क्षेत्रसम्मै फैलिरहेको बताइन्छ ।

हाल विश्वभर कुल संक्रमित संख्या २ करोड ७२ लाख ८३ हजार नाघेको छ । कोरोनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । आइतबार एकै दिनमा विश्वभरि २ लाख ३१ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार १२९ को ज्यान गएको छ । तर एकै दिन २ लाख ११ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भएका छन् ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post