बाँके । बाँकेमा पनि कोरोना संक्रमणका कारण आइतवार थप एक जना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको आइतवार राति ८:३० बजे मृत्यु भएको थियो ।
भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी ३ दिनसम्म नेपालगञ्जकै न्यू इन्द्रेणी होटलको आइसोलेशनमा बसेका थिए । भदौ १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भइ उपचारका क्रममा आइतवार राति उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ७ पुगेको छ ।