स्वाथ्यमन्त्रीकै परिवारका सदस्यलाई कोरोना !

 कोरखबर   २१ भदौ, २०७७



२१ भाद्र,काठमान्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले अहिले आफू पनि क्वारेन्टिनमा बसेको पुष्टि गरेको समाचार सार्वजनिक भएको छ।

मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भनेका छन्। क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post