काठमाडौं । नेपालको ५ जिल्लामा कोरोना संक्रमित फैलिएको छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमित नभएका ५ जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा र सोलुखुम्बु भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।