काठमाडौं । वीर अस्पताललाई कोभिड-१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गरेको छ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकबाट उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
आजैदेखि वीर अस्पताल कोभिड अस्पतालमा परिणत भएको छ । वीर अस्पतालमा उपचाररत अन्य रोगका बिरामीलाई अब राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गरिने भएको छ ।