पाल्पाका १६ जना कोरोना पोजिटिभ थपिए।

 कोरखबर   २१ भदौ, २०७७



पाल्पा — पाल्पामा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पाल्पाको बिबिध स्थानमा गरिएको स्वब परीक्षणपछि १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको कार्यालयले जनाएको छ ।

पाल्पामा हालसम्म कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्लामा कूल संक्रमितको संख्या ६ सय ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post