रोम। रोम शहरमा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेको छ तर मास्क प्रयोग गर्दा समेत कोरोनाबात मृत्यु हुनेको संख्या बढेपछि यसको प्रयोगविरुद्ध नो मास्क प्रदर्शन भएको हो ।
१६ जना कोरोना संक्रमितको मृत्यु भएपछी प्रदर्शन भएको हो। लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्।
शुक्रबार पनि ११ संक्रमितको मृत्यु भएको थियो भने १ हजार ७३२ नयाँ संक्रमन भेटिएका थिए। त्यस्तै बिहीबार १० जना संक्रमितको ज्यान गएको थियो।
विश्वभर फैलिएको कोरोना भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाख ९ हजार ६१० निको भइसकेका छन् भने ३५ हजार ५३४ को मृत्यु भएको छ ।