पोखरा। गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरिएको पिसिआर परिक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा सन्क्रमित संख्या २२ सहित प्रदेशभर शनिबार ४४ जनामा संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा कास्कीका २२, लमजुङका १७, बागलुङका तीन, स्याङ्जा र नवलपुरका एक/एकजनाको रिपोर्ट पोजिटिभ आएको छ ।
प्रदेशभर संक्रमितको संख्या २४ सय ४७ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।