चितवनमा निषेधाज्ञाको समय थपियो, मोडालिटी परिवर्तन् !

 कोरखबर   २० भदौ, २०७७



भरतपुर ।  कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको लामो समय पछी आज बाट निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ। प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो।

निषेधाज्ञाको समय शनिबार मध्यरातिबाट सकिँदै गर्दा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले तोकिएका सेवाबाहेकका अन्य सञ्चालन नगर्न आग्रह गरेका छन्। अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ।

पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने नियम  छ।   जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो। जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।

पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या भने फैलिदै छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post