१९ भदौ, काठमाण्डौ – गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।
अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।