ओरेगन । अमेरिकाको प्रहरीले पोर्टल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा गोली चलाउने व्यक्तिको मृत्यु भएको छ ।
पोर्टल्यान्डमा भएको 'ब्ल्याक लाइफ म्याटर्स' का प्रदर्शनकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबीच भएको झडपमा गोली चलाउने ४० वर्षीय माइक रेनोहीमाथि अनुसन्धान भइरहेको थियो ।
ट्रम्पको समर्थनमा सडकमा आएका प्याट्रोइन प्रेयर ग्रुपका सदस्यसमेत रहेका आरोना डेनिलसनमाथि गोली चलाएका थिए । उनलाई बचाउने कोशिस गर्दा पनि बचाउन नसकिएको प्रहरीले जनाएको थियो ।
माइकलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाउन थालेपछि जवाफी कारबाहीका क्रममा मारिएको प्रहरीले बताएको छ ।
गत शनिबार पोर्टल्यान्डमा राष्ट्रपति ट्रम्पका समर्थक र जातीवादविरुद्धको आन्दोलनका क्रममा हिंसात्मक झडप भएको थियो ।
अश्वेत नागरिक जर्ज फ्लोइडलाई मे २५ मा एक प्रहरीले हत्या गरेपछि सुरु भएको आन्दोलन पोर्टल्यान्डमा रातिको समयमा निरन्तर प्रदर्शनहरु हुने भएका छन् ।