काठमाडौं । कोरोना संक्रमण बारा र पर्सामा थप ४५ जनामा देखिएको छ।
नारायणी अस्पतालमा बिहीबार राति गरिएको परीक्षणमा बारा र पर्सामा ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनका अनुसार ४५ जनामा कोरोना संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना छन् । वीरगन्जमा महानगरपालिकाका विभिन्न वडामा १९ र ७ जना कालिकामाई गाउँपालिकाका, सखुवा प्रसौनी गाउँपालिका तथा पटेर्वासुगौली गाउँपालिकाका छन् ।
बाराको निजगढ नगरपालिकाका पाँचजना, इलाका प्रहरी कार्यालय निजगढका ६ र सशस्त्र प्रहरी बल पिलुवाका दुईजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएका छन् । यस्तै कामना विकास बैंकमा कार्यरत कर्मचारीमा पनि कोरोना देखिएको छ ।