१९ भदौ, वीरगञ्ज । पछिल्लो पटक गरिएको पिसिआरमा पर्सा र बाराका थप ४५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पर्साका २६ जना र बाराका १९ जना रहेका छन् । ति मध्ये केही सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत रहेको बताईएको छ।
बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।
वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । वीरगञ्जको वडा न.। ९, १०, ११, १४ र २२ मा २/२ जना र वडा नं. ८, १५ र २१ मा १/१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये १ जनाको ठेगाना खुलेको छैन ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मा २ जना, वडा नं. ३ मा १ जना, सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ मा २ जना, वडा नं. ५ मा १ जना र पटेर्वासुगौलीमा १ जनाको पीसीआर पोजेटिभ देखिएको छ ।
बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् ।