कोरोना संक्रमित निको हुने दर बढ्दै , २४ घण्टामा १११२ जना संक्रमणमुक्त !

 कोरखबर   १७ भदौ, २०७७



१७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ११ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९०  पुगेको छ ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। 

कुन प्रदेशमा कति जना भए कोरोना संक्रमणमुक्त 

प्रदेश १ : ११८७ जना

प्रदेश २ : ६०३४ जना

वाग्मती प्रदेश : १५६९ जना

गण्डकी प्रदेश :  १७०९ जना

प्रदेश ५ : ५०६६ जना

कर्णाली प्रदेश :  २१३७ जना

सुदूरपश्चिम प्रदेश : ४९८८ जना

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोनासंक्रमणका कारणल मृत्यु भएको पुष्टि गर्नुभयो। यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post