काठमाडौं ।काठमाडौंमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशैभरि रगतको आपूर्तिमा कमी भइरहेको भन्दै मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदानमा ६६ जनाले रक्तदान रक्तदान जिबन दान भन्दै रक्तदान गरेको समाजले विज्ञप्तिमार्फत जनाएको छ ।
कोरिनाको समय भयतपनी भौतिक दूरी कायम गरेर आवश्यक सजगताका साथ रक्तदानको व्यवस्था मिलाइएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले रक्तदान गर्ने सबै रक्तदातालाई धन्यवाद दिएका थिए ।