पर्सामा कोरोनाको कारण एक वृद्धको मृत्यु ।

 कोरखबर   १७ भदौ, २०७७



काठमाडौं । पर्सामा एक किरोना संक्रमितको मृत्यु भएको छ । मृतक ९७ बर्षीय पुरुष रहेको छन् । बाराको सिम्रौनगढका उनी मुटुका पुराना रोगि पनि भएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।

भदौ १२ गते शारिरिक समस्या भएर वीरगन्जको तराई अस्पतालमा उपचार गराउन आएको  ती पुरुषको त्यहि स्वाव संकलन भएको थियो । उनको स्वाव परिक्षण गराउँदा संक्रमित पुष्टि भएपछि गएको १४ गते आइतबार कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताए । ‘गण्डक अस्पताल नारायणी अस्पतालको अस्थायी बिशेष कोभिड अस्पताल हो । उपचारका क्रममा बुधबार बिहान १ बजे उनको त्यहि मृत्यु भयो’, डा सिंहले भने ।

मृतक बाराको सिम्रौनगढका स्थायी बासिन्दा हुन्  । मुटुका पुराना रोगी समेत रहेका मृतकमा सोडियमको मात्र पनि बढि थियो । निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा सिंहले बताए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post