साढे ४० हजार संक्रमित हुँदा २२ हजारले जिते कोरोना !

 कोरखबर   १६ भदौ, २०७७



१६ भाद्र, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय२९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २ सय ३९ जनाको मृत्यु भएको छ । मंगलबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको हो ।

यसैविच २२ हजार भन्दा बढि कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म २२ हजार १ सय ७८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभरका ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ हजार १७८  पुगेको हो । तथ्यांकअनुसार कुल संक्रमित मध्ये निको हुनेको संख्या ५५ प्रतिशत हुन आँउछ । 


कुन प्रदेशका कतिले जिते कोरोना 

प्रदेश १ : १६२५ जना

प्रदेश २ : ५३९७ जना

वाग्मती प्रदेश : १३३६ जना

गण्डकी प्रदेश : १७०८ जना

प्रदेश ५ : ५०२३ जना

कर्णाली प्रदेश : २१०१ जना

सुदूरपश्चिम प्रदेश : ४९८८ जना



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post