१६ भाद्र,काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८१ जना थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार ८८ जनाको पिसीआर परिक्षणमा १ हजार ६९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २२ हजार १ सय ७८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३९३ जना र ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ ।