अगस्ट महिनामा भारतमा थपिएका कोरोना सङ्क्रमित संसारकै सबैभन्दा बढी

 कोर खबर   १६ भदौ, २०७७



विविसी- अगस्ट महिनामा भारतमा संसारकै सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छ। भारतमा गत महिना झन्डै २० लाख सङ्क्रमित थपिएका छन् जुन महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो सङ्ख्या हो।

मृत्युका सङ्ख्याले पनि अगस्ट सबैभन्दा नराम्रो महिना रह्यो र त्यहाँ २८,००० जनाको मृत्यु भयो। अमेरिका र ब्रजिलपछि भारत सबैभन्दा बढी सङ्क्रमण भएको देश भएको छ। त्यहाँ ३६ लाख जनालाई सङ्क्रमण भएको पुष्टि भइसकेको छ।

मार्चमा सुरु गरिएको लकडाउनका कारण अर्थतन्त्रमा नराम्रो प्रभाव परेर लाखौँको रोजगारी खोसिएपछि भारतमा अहिले प्रतिबन्धहरू खुकुलो छन्। अगस्टमा भारतमा प्रतिदिन ६४,००० को दरले सङ्क्रमण बढेको थियो जुन जुलाईको भन्दा ८४ प्रतिशतले बढी हो। अमेरिकामा अगस्टमा प्रतिदिन ४७,००० सङ्क्रमित थपिएका थिए।

सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमण भएका १० देशहरू. सन् २०२० सेप्टेम्बर १ सम्मको तथ्याङ्क.  .

उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको 'हटस्पट' भनिएको महाराष्ट्रमा सबैन्दा बढी आठ लाख सङ्क्रमित छन्। भारतमा पर्याप्त मात्रामा परीक्षण हुन नसकेकोले कोरोनाभाइरस नियन्त्रणमा आउन नसकेको बताइन्छ। त्यहाँ प्रति १० लाखमा ३२,००० जनाको परीक्षण गरिएको छ। भारतमा निको हुने दर भने ७७ प्रतिशत र मृत्युको दर दुई प्रतिशतभन्दा कम रहेको छ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post