केन्द्रीय कारागारमा थुनुवा तीन कैदिबन्दीको कोरोनाबाट मृत्यु ।

 कोरखबर   १६ भदौ, २०७७



काठमाडौँ । कोरोनाको कारण केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसादले जानकारी दिए ।

कञ्चनपुर घर भएका ४० वर्षीय  पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर सापकोटाले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।

हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको लक्ष्मी प्रसादले जानकारी दिए । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मी संक्रमण भएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post