रुपन्देहीमा एकाघर १५ जनालाई कोरोना संक्रमण भएको पुष्टि ।

 कोरखबर   १६ भदौ, २०७७



भैरहवा : रुपन्देहीमा एकै परिवारमा दस जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारबाट दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ ६ गते कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनिवास चौधरीले जानकारी दिए ।

संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका भएको चौधरीले जानकारी दिएका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् र पाँच जना सोही घरमा काम गर्ने कामदार हुन् ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post