भदौ १५,काठमाडौं । वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा खरावी देखिएपछि अस्पताल पुगेका रिजाल दम्पतीको स्वाव परिक्षण गर्दा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आँफु र पत्नी दुवैमा कोरोना पोजेटिभ देखिएपनि लक्षण भने नदेखिएको र स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको डाक्टर रिजालले बताए । रिपोर्ट पोजेटिभ देखिएपछि आईतबारदेखी ह्याम्स अस्पतालमा भर्ना भएको उनले बताए ।