काठमाडौंका मेयर शाक्यलाई कोरोना , अहिले होम आइसोलेसनमा !

    १५ भदौ, २०७७



१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले ग्राण्डी अस्पताल पुगेर स्वाब दिएका थिए । उनकी पत्नीलाई भने  कोरोना नेगेटिभ देखिएको छ ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post