नेपालमा कोरोनाबाट २ सय २८ को ज्यान गयो !

 कोर खबर   १५ भदौ, २०७७



काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण सात जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बालिका र महिला गरी तीन तथा चार जना पुरुषको ज्यान गएको हो ।  

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् । 

त्यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो । 

सोमबार थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post