नेपालमै बन्यो 'अर्कबटी' , कोरोनाका विरामी निको भएको दाबी !

 कोरखबर   १४ भदौ, २०७७



१४ भदौ, काठमान्डौ । भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । 

तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा.गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् ।

नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधि बनाउन आफूले अध्ययन थालेको उनले बताए ।

२५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधि तयार पारेको डा.गौतमले बताए । निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ ।

उनले भने "कोरोना भाइरस देखिएपछि औषधि बनाएर प्रचार नगरी चिनेका साथीहरूलाई दिए,उनीहरूलाई ठिक भयो । भारतबाट आएका आफ्ना साथीहरूलाई पनि दिए । सबै निको भए, माग बढदै गयो ।"

डा. गौतमले भीम अस्पताल, भैरहवामा आइसोलेसनमा रहेका बिरामीलाई निःशुल्क वितरणका लागि आफ्नो औषधि पठाएको बताए । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टाईलाई पनि औषधि पठाएको तर, उनीहरूले वास्ता नगरेको उनको गुनासो छ। अस्पतालका चिकित्सकहरूले अप्रमाणित औषधि बिरामीलाई दिन तयार नभएको आँफुले जानकारी पाएको उनले बताए । डा.गौतम जडिबुटी सहकारी लिमिटेडअन्तर्गत काम गर्छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post