अव ४४ सयमा पिसिआर टेस्ट , आईतबारदेखि लागु हुने !

 कोरखबर   १४ भदौ, २०७७



काठमाण्डौ – सरकारले आइतबारदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

यसअघि एक जनाको स्वाबको नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।  

यसैबीच सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ । अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अरु व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । सरकारले कोरोना परीक्षणका लागि नौ वटा सरकारी र ११ वटा निजी अस्पताललाई अनुमति दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post