कोरोना संक्रमित आमाछोराको उपचारका क्रममा निधन

 कोरखबर   १४ भदौ, २०७७



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणबाट  आमाछोरा दुबैको एकै दिन मृत्यु भएको छ ।

स्वास्थ्य समस्या देखिएपछि शनिबार उनीहरुको बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो । उपचारको क्रममा धरान उपमहानगरपालिक –१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

दुबै आमा छोराको एकैदिन मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापका बिरामी थिए । श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझ प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post