संखुवासभा- कोरोना संक्रमण फैलिदै गर्दा संखुवासभामा ७ दिनको निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रसासन कार्यालय संखुवासभाले भदौ १८ गतेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।
देशभर कोरोना भाइरस बढेसगै संखुवासभाले पनि सतर्कता अपनाउँदै छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै संखुवासभा सरकारले पनि एक साताको लागि निषेधाज्ञा जारी गरेको हो ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सभा, जुलुस, भेला लगायत कुनै किसिमको जमघट नगर्न, सरकारले जारी गरेको सम्पूर्ण सुरक्षा बिधी अपनाउन आग्रह गरिएको छ । एम्वुलेन्स, शव बाहन, दूध तथा अत्यावश्यक खाद्यान्न बोक्ने सवारी साधन बाहेकका छोटो तथा लामो दुरीको सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।