त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि गर्ने तयारीमा परिक्षा नियन्त्रण कार्यालय

 कोरखबर   १३ भदौ, २०७७



काठमाडौँ । कोरोनाको कारण देशभर नै असर परिरहेको छ । शिक्षा जस्तो संबेदनसिल क्षेत्रमा झन बढी प्रभाव परेका छ । फलस्वरूप त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएका कारण  दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

परिक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि परिक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

“अहिलेको स्थितिमा दसैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दसैँपछि नै हुन्छन् ।” उनले भने  मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने छ ।
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post