१ सय पचास जना थुनुवालाई कोरोना संक्रमणको आशन्का, ५० जनाको स्वब टेष्टका लागि पठाइयो ।

 कोरखबर   १३ भदौ, २०७७



काठमाडौं : सुन्धाराको केन्द्रीय कारागारका डेढ सयभन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएको छ। कोरोनाको आशन्कामा ५० जनाको स्वाब कोरोना परीक्षण गर्न पठाइएको छ।

कारागार स्रोतका अनुसार बाहिरबाट सरुवा भएर आएका २ कैदीमा कोरोना देखिएको छ। उनीहरूलाई कारागारभित्रै क्वारेन्टाइन बनाएर निगरानीमा राखिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगका कारागार सदस्य सुदीप पाठकले ५० जना थुनुवा र कैदी तथा ३० सुरक्षाकर्मीको स्वाब परीक्षण गर्न अस्पताल पठाएको जानकारी प्राप्त भएको बताए। ‘१ सय ५० जनामा ज्वरो आएको कारागार विभागबाट जानकारी आएको छ। कैदी र सुरक्षाकर्मीसहित ८० जनाको स्वाब परीक्षणमा पठाइएको छ’, पाठकले जानकारी दिएका छन् , ‘भौतिक दूरी कायम नगरे भयावह अवस्था आउने खतरा छ।’

देशभरका ७१ जेलमा २३ हजार ८ सय कैदीबन्दी छन्। तर, जेल क्षमता भने १० हजार मात्र छ। जेल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै कैदीबन्दीले बुधबार आयोगसमक्ष जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। आयोगले बुधबारै सरकार र कारागार व्यवस्थापन विभागलाई परिपत्र गर्दै उच्च सतर्कता अपनाउन सजग गराएको थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post