समयमा उपचार नपाउदा सुत्केरी महिलाको मृत्यु ,परिवारले गरे स्वास्थ चौकीमा तालाबन्दी ।

 कोरखबर   १३ भदौ, २०७७



दैलेख : उपचारको अभावमा दैलेखको एक स्वास्थ सस्थामा सुत्केरीको ज्यान गएको छ। दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो।

उनलाई प्रसूतीका लागि शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो। शुक्रबार दिउसो ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताए। अत्याधिक रक्तश्राव नियन्त्रणका लागि केन्द्रमा उपचार हुन नसक्दा  उनको निधन भएको हो। अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तले बताए।

‘हेलिकप्टरको व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षलाई पटक–पटक फोन गर्‍यौं, उहाँले उठाउनुभएन। उपाध्यक्षले हेलिकप्टर आउन सक्दैन भनेर भन्नुभयो’, पार्वतीका एक आफन्तले भने, ‘गाउँपालिकाले एउटा एम्बुलेन्ससम्म व्यवस्थापन गर्न सकेन, लापरवाबाही गर्ने सबैलाई कानुनी कारबाही हुनुपर्छ।’

पार्वतीको मृत्यु भएपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन्। स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसकिएको बताइन्। स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले उपचारमा समस्या इन्चार्ज रावतको भनाइ छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post