ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको छ । कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको हो ।
भक्तपुरकी ६२ वर्षीया एक महिला भदौ ८ गतेदेखि पाटनमा उपचार गराउने क्रममा आज (शनिबार) विहान मृत्यु भएको हो भने काठमाडौंकी ५१ वर्षीया महिला साउन ३० गतेदेखि उपचार गराउने क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ