डोटीमा २९ गतेसम्मको लागि पुनः निषेधाज्ञा जारी गर्दै स्थानीय सरकार ।

 कोरखबर   १३ भदौ, २०७७



डाटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि डोटी  स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय डोटीको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 जिल्लामा एक साता भित्रमा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको  जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको हो । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post