विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस पचाए ।

 कोरखबर   १३ भदौ, २०७७



काठमाडौं। बिश्वब्यापी रूपमा फैलिएको कोरोना संक्रमण अहिले बढिरहेको भए तापनि विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।

हालसम्म दुई करोड ४८ लाख ९० हजार जनामा कोरोना सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ७५ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ ।

विश्वभर ८ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् ।

भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्, एक हजार १९ जनाको ज्यान गएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post