पाल्पामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु !

 कोरखबर   १३ भदौ, २०७७



१३ भदौ, बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखरा घर भएकी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । स्वास्थ्यमा समस्या भएपछि भदौ ५ गते मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो । भदौ ७ गते उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि अस्पतालको आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ,तर बेलुका उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post