काठमाण्डाै – नेपालका उद्याेगपति एवं नेपाली कांग्रेस सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिनुभएकाे हाे । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनुभएको छ । पिसिआर जांच गर्दा कोरोना पोजिटिभ देखिएको चौधरीले जानकारी गराएका छन।
चौधरीले अब डाक्टरको सल्लाहअनुसार आफू आइसोलेशनमा बस्ने बताउनुभएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनुभएको छ ।