धरानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु !

 कोरखबर   १२ भदौ, २०७७



काठमाण्डौ- धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

शुक्रबार बिहान एक जना पुरुष र एक जना महिला सङ्क्रमितको ज्यान गएको प्रतिष्ठानले जनाएको छ । ज्यान गुमाउनेहरुमा झापाको दमक नगरपालिका(३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका(५ की ५६ वर्षीया महिला रहेका छन् । 

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ । 

योसँगै अहिलेसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । देशभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या भने एक सय ८६ पुगेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post