बाँकेको अस्पतालमा ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

 कोरखबर   ११ भदौ, २०७७



नेपालगन्ज — बाँके जिल्लाको भेरी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका छन । बाँके जिल्लामा हालसम्म ९ जना चिकित्सकसहित ४० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस पुष्टि भएको छ ।
भेरी अस्पतालका चिकित्सक डाक्टर राजन पाण्डे र डाक्टर संकेत रिजालमा कोरोना पोजिटिभ देखियो । बिहीबार पनि भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोनादेखिएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द बाँकेका कन्ट्याक्ट् पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा स्वास्थ्य सेवाका ४० जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ९ जना चिकित्सक, १७ जना नर्स, एक जना ल्याबकर्मी, ६ जना पाराडिक्स, ७ जना हेल्पर रहेका छन् ।

संक्रमित ४० जनामध्ये भेरी अस्पतालका ४ जना चिकित्सक, १ नर्स, २ हेल्थ पर्सन गरी ७ जना र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेजका ५ जना चिकित्सकसहित ३३ जना कोरोना संक्रमित भएका हुन् ।



 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post