११ भदौ, बुटवल । बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले पुष्टि गरे ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा.साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको मृत्युसँगै रुपन्देहीमा कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ ।