कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु , ८५५ नयाँ संक्रमित !

 कोरखबर   ९ भदौ, २०७७



९ भदौ, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुईरदुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एकरएक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

काठमाडौंका ६६ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको पुष्टि भएको छ । त्यस्तैकाठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दमकी विरामी उनको दिर्घायु अस्पतालमा अस्पतालमा सोमबार मृत्यु भएको थियो । संक्रमण पुष्टि भने मंगलबार भएको छ ।

चितवन क्यान्सर अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएका महोत्तरीको मनरा सिस्वा नरगरपालिका–३ का ७५ वर्षीय बृद्धको पनि मृत्यु भएको छ । । उनको जलेश्वर अस्पतालम मृत्यु भएको हो ।महोत्तरीकै बलबाका ७७ वर्षीय बृद्धको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । उनि कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ मात्रै त्यहाँ भर्ना भएका थिए ।

बाराको सुवर्ण–४ का ७२ वर्षीय पुरुषले कोरोना अस्पताल गण्डकमा ज्यान गुमाउदा बाराकै महागढीमाई–४ का ५९ वर्षीय पुरुषको पनि सोही अस्पतालमा मृत्यु भएको छ । 
कोरोना विशेष अस्पताल गण्डकमै उपचारका क्रममा मत्यु भएका पर्साको सुपौलका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उता रुपन्देहीका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भएको छ । ३२ साउनमा देह त्याग गरेका कैलालीको बर्दगोरिया–५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब भदौ १ गते नै संकलन गरेको भएपनि मंगलबार मात्र रिपोर्ट आएको छ ।

८५५ जना संक्रमित थपिए

बितेको २४ घण्टामा नेपालमा ८५५ जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् । हाल देशभरमा गरी १४ हजार २५० संक्रिय संक्रमित छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post