कोरोना रिपोर्ट नआउँदा शव १८ घण्टादेखि आईसोलेसनमै

 कोरखबर   ९ भदौ, २०७७



९ भदौ, कैलाली । कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा कैलालीमा एक महिलाको शव १८ घण्टादेखि आइसोलेसन सेन्टरमै राखिएको छ। सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव अझै नउठाईएको हो ।  

उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

घोडाघोडी नगरपालिका– १० मा पनि मंगलबार विहान आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण नभएकाले शव उठाइएको छैन । उनको शव ६ घण्टादेखि घरभित्रै छ । उनका परिवारको ५ सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेकाले आफन्त र गाउँलेले शव उठाउन मानेका छैनन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post